Advertisement
SKIP THIS
अछामको एक स्वास्थ्य चौकीको “डि फ्रिज”मा बियरका बोत्तल भेटिएपछि (भिडियो सहित)

अछाम: अछामको कमलबजार नगरपालिकाकाे एक स्वास्थ्य चौकीमा रहेको डि फ्रिज भित्र बियरको बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कमलबजार नगरपालिका वडा नम्बर -९ मस्टाबण्डालीमा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने डि फ्रिज भित्र बियरका बोत्तल राखिएको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका थिए । अनुगमनका क्रममा औंषधि राख्ने डि फ्रिजमा ३ बोतल बियर देखेपछि भिडियो बनाएर बिहीबार सार्वजनिक गरेका थिए ।

बिरामीका लागि औषधी राख्न प्रयोग गरिने डि फ्रिज भित्र मदिराका बोतल भेटिएपछि स्वास्थ्यकर्मीको हर्कत सार्वजनिक भएको हो।

वडा नं. ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राखेको पाइएको स्वीकार गरेका छन् । स्वास्थ्यकर्मी आफै संवेदनशील हुनुपर्ने ठाउँमा उल्टै लापरबाही गरेको भन्दै अध्यक्ष भण्डारीले स्वास्थ्य व्यवस्थापन समितिको बैठक गरेर थप निर्णय लिने बताए ।

भिडियो:

तपाईको प्रतिक्रिया