मन बाझै छ अझै,
भुतालका रसायन
जति छर्किए पनि
यापनका घमाशान
जति सुर्किए पनि
हो, मन बाझै छ अझै ।
बीउ बिचार नछर्किएको
अझै झरी बर्शात पर्खिएको
मौसमी अपेक्षा नसुल्झिएको
भन्नै कठिन खै के भएको?
तर, मन बाझै छ अझै ।।
वारि भरी लटरम्म शरीर फलिसके
मन भित्र सेतो फुल सम्म फुलेन
देखाउन बौद्धिक भौतिक सबै
मनको एक कान्लो झुलेन
प्रहार त्यै एक पलको तुशारापात न थ्यो
कसैगरी उसको मर्म भुलेन
कठै, मन बाझै छ अझै ।।।
भिजाउनेले शरिरै भिजायो
छर्नेले यहाँ शरिरै छर्यो रे
ध्वनिनाद मनोबाद मन्दिर पनि
झर्न खोज्नेको शरिरै झर्यो रे
न पलायो, न सल्बलायो कहिल्यै देखिने गरि
हो, उनको मन बाझै छ अझै ।।।।
न पलायो, न सल्बलायो कहिल्यै देखिने गरि