Advertisement
SKIP THIS
असन्तुष्ट नेताहरूलाई ओलीले भने, छाती फराकिलो पार्नुस् 

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेताहरूलाई छाती फराकिलो बनाउन आग्रह गरेका छन् ।

बुधबार ललितपुरमा आयोजित मनोनीति केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले असाधारण ढंगले दुई महिनाको बीचमा दुई महाधिवेशन गरिएको बताए । सो क्रममा कतिपयलाई न्याय गर्न नसकिएको पनि हुन सक्ने उनले उल्लेख गरे ।

“न्याय कतै नभएको पनि हुनसक्छ । उस्तैउस्ता ठानिएकोमा कतै सूचना नपुगेको, न्यायको विन्दुमा नपुगेको पनि हुनसक्छ,” उनले भने । कहिलेकहिले मानिस आफैँको पनि चित्त नबझ्ने उनले बताए ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा मनोनीत गर्दा, पोलिटब्युरो गठन र कार्यविभाजनमा कतिपय नेताहरूले असन्तुष्टि जनाएका थिए ।

तपाईको प्रतिक्रिया