Advertisement
SKIP THIS
नेपाल मा पनि भ’या’भय रू’प : “नयाँ संक्रमितले बेड पाउन बिरामीकाे डिस्चार्ज या मृ’त्यु कुर्नपर्ने अ’वस्था|”

काठमाडौं । काठमाडौं उपत्यकामा १३ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अस्पतालहरुमा ९४ जना आइसियुमा छन् भने ४३ जना भेन्टिलेटरमा रहेका छन् ।

संक्रमितको चाप यति धेरै छ कि नयाँ संक्रमितले अस्पतालमा भर्ना पाउनका लागि उपचारत संक्रमितको डिस्चार्ज या मृत्युलाई कुर्नपर्ने अवस्था देखिएको छ । यो अवस्था आएपछि संक्रमितको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु चिन्तित् छन् । सामान्य लक्षण भएकालाई बेड पाउन केही सहज भएपनि गम्भीर प्रकृतिका संक्रमितलाई भने बेड पाउन मुस्किल छ ।

१४० बेडसहित कोरोना संक्रमितको उपचार गरिरहेको शसस्त्र प्रहरी बल अस्पतालको वार्डमा कुनैपनि बेड खाली छैनन् । २० आइसीयू रहेको उक्त अस्पतालमा १० जना आइसियूमा छन् भने ८ वटै भेन्टिलेटरमा बिरामी उपचारत छन् । दिनकादिन संक्रमित बढ्दै जाँदा संक्रमितहरु यस अस्पतालमा बेडका लागि पालो कुरेर बस्ने गरेका छन् । सबै बेड संक्रमितले भरिभराउ रहेको र उपचाररत संक्रमितको डिस्चार्ज भएपछि बेड पाइन्छ भनेर धेरैले पालो पर्खेर बसिरहेको अस्पतालका प्रवक्ता डा.प्रविण नेपालले जानकारी दिनुभयो ।

उपत्यकाका अरु अस्पतालमा पनि बेड खाली छैनन् । हामी कहाँ ? जाने भन्दै संक्रमितहरुका फोन तारन्तार आइरहेको नेपालले बताउनुभयो । शसस्त्र अस्पतालमा १५ वर्ष भन्दामुनिका बालबालिका देखि १०२ वर्षसम्मका संक्रमितको उपचार भइरहेको छ । भर्ना भएका अधिकांश संक्रमितमा ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्ने लक्षण छन् ।

यसैगरी पाटन अस्पतालमा पनि बेड पाउन मुस्किल छ । कोरोना संक्रमितका लागि २१० बेड रहेकोमा १४० जना उपचाररत छन् । २१ आइसीयु बेड रहेको यस अस्पतालमा १६ जना आइसीयूमा छन् भने १२ जना भेन्टिलेटरमा छन् । भेन्टिलेटरको ५ बेड खाली छ ।

आइसीयू र भेन्टिलेटरमा रहेका संक्रमितहरुमा निमोनिया, सास फेर्न गाह््रो हुने र अक्सिजनको मात्रा कम भई सिकिस्त भएकाहरु रहेको पाटन अस्पतालका निर्देशक डा.रबि शाक्यले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहर सुरु भएयता सिकिस्त बिरामी हुनेमा ३० देखि ४० वर्ष’सम्मका पनि रहेको शा’क्यको भनाइ छ । ‘’पहिला दीर्घरोगी,वृद्धवृद्धा गम्भीर बिरामी हुन्थे तर अहिले त्यस्तो छैन युवाहरु पनि गम्भीर बि’रामी भई आइसियु र भेन्टिलेटरमा राखिएको छ’ शाक्य सुनाउनु हुन्छ। पाटन अ’स्पतालमा करिब दिनमा २ जना संक्रमितको मृत्यु भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी ६० बेडको क्षमता रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५८ जना वार्डमा छन् । आइसीयू बेड २० वटा छन् । २० मध्ये १० वटामा संक्रमित छन् भने १२ वटै भेन्टिलेटर भरिसके । अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले अन्य अस्पतालमा बेड न’पाएर आफ्नो अस्पतालमा आउने संक्रमित धेरै रहेको जानकारी दिनुभयो । हेलचक्र्याइले संक्रमण बढिरहेको भन्दै उहाँले संरचनाले धान्न’ नसक्ने अवस्थामा आइसकेकाले सर्वसाधरणलाई आफैं सचेत रहनउहाँले आग्रह गर्नुभयो ।

यस्तै,शिक्षण अस्पतालमा १२ वटा आइसीयू छन् । यहाँ ७ जना आइसीयूमा उपचारत छन् । ३ जना भेन्टिलेटरमा रहेका छन् । उपत्यकामा मात्रै नभई बाहिर पनि अस्पतालहरुमा बेडको अवस्था उस्तै छ । आइसीयू र भेन्टि’ लेटर नभएर उपत्यकामा रिफर गर्ने क्रम बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ३५ सय ५६ जनालाई संक्रमण पुष्टि भयो भने उपचाररत १२ संक्रमितको मृ’ त्यु भयो । संक्रमणसँगै मृ’ त्युदर पनि बढिरहेको तथ्यांकले देखाउछ । कोरोनाको दोस्रो लहर सुरु भए’ पछि नेपालमा युवाहरु बढी प्रभावित भए ।

सोमबारमात्रै ४० वर्ष उमेर मुनिका २ हजार ४९ जनालाई संक्रमण पुष्टि भएको छ । महामारी सुरु भएयता नेपालमा ३ लाख ३ हजार ५६१ जनालाई संक्रमण भएको छ । जसमध्ये २ लाख ७७ हजार ९५१ जना निको भएका छन् भने ३१ सय ७६ जनाको मृ’ त्यु भएको छ ।

तपाईको प्रतिक्रिया