Advertisement
SKIP THIS
चौरपाटीमा यूूवा स्वरोजगारका लागि स्थानिय सरकारको प्रावधान सम्बन्धि अन्तक्रिया

निराकरण सम्वाददाता अछाम:चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले यूवाले आत्मनिर्भर हुन ब्यवसायी बन्नु पर्नेमा जोड दिएका छन् ।आईतवार चौरपाटीमा यूवा स्वरोजगारका लागि स्थानिय सरकारको प्रावधान सम्बन्धि अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साउदले गाउँपालिकाले बेरोजगार यूवालाई स्वरोजगार बनाउने उद्देश्यले थुुप्रै ब्यक्तिलाई तालिममा सहभागि गराए पनि धेरै कम ब्यक्तिले मात्र ब्यवसायी सुरु गरेको बताए ।

ब्यवसाय सञ्चालनका लागि गाउँपालिकाले प्रत्येक बर्ष सहयोग गर्दै आएको र केहि ब्यक्तिले अनुदान लिने वित्तिकै ब्यवसाय बन्द गरेको मा दुख ब्यक्त गर्दै आगामी दिनका अनुदानमा त्यस्ता ब्यक्तिहरु छनोट नहुने बताए ।

यस्तै कार्यक्रममा सेभ द चिल्ड्रेनका परियोजना संयोजक प्रतिमा कुँवरले जिविको पार्जनका लागि रणनिती योजना बनाएर गए मात्र सफल ब्यवसायी बन्न सकिने बताउनुभयो । यस्तै चौरपाटी गाउँपालिका छैटो अधिकृत नर बहादुर खडकाले ब्यवसाय दर्ता गर्न आवश्यक कागजात, प्रक्रिया र ब्यवसायी दर्ता गर्दाका फाईदाबारे प्रस्तुति राखेका थिए ।

यस्तै वाक नेपालका कार्यक्रम ब्यवस्थापक चेतराज जोशीले चौरपाटी गाउँपालिका र वाक नेपालको संयूक्त साँझेदारीमा भए गरेका क्रियाकलापको बारे प्रस्तुती राखेका थिए। यस्तै वाक नेपाल यूवा स शक्तिकरण बुलगारी परियोजना संयोजक महादेव ओझाले चौरपाटी परियोजना र बुलगारी परियोजनाले सञ्चालन गरेको तालिमबाट १६४ जनाले ब्यवसाय सञ्चालन गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

बेरोजगार यूवाका लागि चौरपाटी परियोजना र बुलगारी परियोजनाले बाख्रा पालन, तरकारी खेती, किराना पसल, कुखुरा पालन, खुकुराको दान उत्पादन, मोवाईल मर्मत, मोटरसाईकल मर्मत, हाउस वाईरिंग, सिलाई कटाई, कम्प्यूटर सीप लगायतका थुप्रै तालिमको आयोजना गरिएको थियो । चौरपाटी गाउँपालिका अध्यक्ष साउदको अध्यक्षमा भएको अन्तक्रिया कार्यक्रममा आगामी पाँच बर्षे रणनिति योजना बारे छलफल गरिएको थियो ।

चौरपाटी गाउँपालिकाका एमआईएस अपरेटर कालुसिंह बोहराले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन वाक नेपाल यूवासशक्तिकरण बुलगारी परियोजनाका विकास सुपरवाईजर सत्य स्वारले गरेका थिए।

तपाईको प्रतिक्रिया