Advertisement
SKIP THIS
अछाममा भूमि आयोगको कार्यालय स्थापना

अछाम:अछाममा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सो कार्यालयको स्थापना गरिएको हो ।

जिल्लाको सदरमुकाम मंगलसेनमा स्थापना गरिएको कार्यालयले त्यहाँका भूमिहीनहरुका समस्या सम्बोधनका साथै समाधान गर्ने विश्वास व्यक्त गरिएको छ ।

जिल्लामा रहेका भूमि सम्बन्धी समस्याको समाधानका लागि नेपाल सरकारले यसअघि देशभर नै जिल्ला समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया