निराकरण सम्वाददाता अछाम:खप्तडि खड्का अछामको बैठक साँफेबगरमा सम्पन्न भएको छ ।
खप्तडि खड्का अछामका अध्यक्ष चेतमान खड्काको अध्यक्षतामा सम्पन्न भएको बैठकले खप्तडी खड्काको बसोबास रहेका अछामका लुङ्गा, गाज्रा बेलपाटा, पातलकोट,लेककोट दुनि,कमैथान,हितबाडा र सङ्रातोलिबाट यस बर्षको फाल्गुन मसान्तसम्म आफू सङ्ग रहेका बंसाओलिका कागजात पत्र निर्माण गरि बुझाउने निर्णय गरेको छ।
यस्तै वैठकले २०७८ सालको क्यालेन्डर प्रकाशित गर्नेको लागि राम चन्द खड्काको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ।
बैठकमा खप्तडि खड्का अछामका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।