Advertisement
SKIP THIS
प्रविधि सँग हातेमालाे गरेर अगाडि बढ्नु पर्छ, उपाध्यक्ष कुँवर

निराकरण सम्वाददाता अछाम: चाैरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरले प्रविधि सँग हातेमालाे गरेर अघाडि बढ्नु पर्नेमा जाेड दिएकि छन।

मंगलबार चौरपाटि गाउँपालिका वडा नं ६ दुनिमा अनलाईन ब्यक्तिगत घटना दर्ता शुभारम्भ कार्यक्रममा बाेल्दै उपाध्यक्ष कुँवरले सरकारकाे रणनिति अनुसार सरकारी काम काजलाई सरल ढंगले अघि वढाउनकाे लागि हरेक गतिविधिलाई अनलाईन बनाउदै अाएकाेले सेवा ग्राहिले प्रविधि अनुसार सेवा लिन अाग्रह गरिन।

वडा अध्यक्ष मने साउदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नवजात शिशु राेयल साउद र सम्राट साउदकाे जन्म दर्ता प्रमाण पत्र गाउँपालिका उपाध्यक्ष माया कुँवरले नवजात शिशुका अाफन्तलाई हस्तान्तरण गरेर अनलाईन ब्यक्तिगत घटना दर्ता शुभारम्भ गरेकि हुन।

कार्यक्रम नेकपाका वडा कमिटी अध्यक्ष नन्द सिंह बिक, नेपाली काँग्रेस वडा समिति वीर बहादुर साउद, चाैरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल साउद, एम अाई एस अपरेटर कालुु सिंह बाेहरा लगायतले मन्तब्य राख्नु राखेका थिए।

दुनि स्वास्थ्य चाैकि ईञ्चार्ज मुकेश विकले स्वागत मन्तब्य राखेका कार्यक्रमकाे सञ्चालन वडा सचिव देव बहादुर साउदले गरेका थिए।

तपाईको प्रतिक्रिया