निराकरण सम्वाददाता अछाम :नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले उपसभापति चन्द्र प्रसाद ढुंगानाले दिएको राजिनामा स्वीकृत हुने बताएका छन् ।
पछिल्लो समयमा अछाम कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगांनाले दिएको राजिनामा लाई लिएर निराकरण खबर सङ्ग कुराकानी गर्दै स्वारले तत्कालै राजिनामा स्वकृत गर्न सकिने भएपनि यस अघि आफुले निर्यण फिर्ता लिन माघ २२ गतेको समय दिएको उनलेे निर्यण फिर्ता नलिए उनको राजिनामा स्वीकृत माघ २२ गते स्वीकृत हुने बताए ।
आफु सभापति भएपछि एक कोठा रहेको जिल्ला पार्टी कार्यलयलाई देखाउन लाएक बनाएको, ब्याक्तिगत लगानीमा पार्टीको संगठन बिस्तार गरेको कहा कुन ठाउनिर बिधान बिपरित चलेको छ देखाउन चुनौती दिनु भयो । देशका ७७ जिल्लामा बिधि बिधान चल्नेमा अछाम कांग्रेस पहिलो वा दोस्रो नंम्वरमा रहेको ठोकुवा गरे ।
पार्टी भित्र केही कमजोरी भए सच्याएर जाने भनी समहति भएपनि उपसभापति ढुंगानाले पत्रकार सम्मेलन गरि राजिनामा दिएका हुन ।पछिल्लो समय नेकपा दुई कित्तामा बिभाजन भएको बेला उपसभापति ढुंगाना ओलि समुहको तिर जान सक्ने नेपाल कांग्रेस अछामका एक नेताले बताए । ढुंगाना रहेको अछाम क्षेत्र नं २ मा ओलि समुह बाहुल्यता रहेको छ।
उपसभापति ढुंगानाले लगाएको आरोपमा कुनै सत्यता नरहेको यस्ता भ्रम नपर्न यस्ता कपोकल्पित भनाइ बाट नअताल्लिन नेता तथा कार्यकर्तामा सभापति स्वारले आग्रह गरे ।अछाम जिल्लाका निर्वाचित जनप्रतिनिधिले अहिले सम्म पार्टी तिर्नुपर्ने लेबि समेत नतिरेका यस्तो अवस्थामा पार्टी चलाउन कति गा्हो होला भनेर प्रति पश्र गरे।आफुले कुनै पनि ठाउँ बदमासी गरेको पैसा खाएको देखाउन चुनौती दिए।
पार्टी भित्र विभिन्न पद रहेकोले ती पदमा बसेका हरुलाई माथि उठाउने पार्टि सभापतिले टेका लगाएर सधैं नसक्ने जनमत बनाउन सक्ने जनतालाई आफुतिर खिच्न सक्ने हैसियत ती ब्याक्तिमा हुनुपर्ने बताए ।
उपसभापती चन्द्र प्रसाद ढुगांनाले आईतवार पत्रकार सम्मेलन गरि पार्टी विधि विधान सहीत पद्धतीमा नचलेका कारण पदबाट राजीनामा दिएका थिए।