Advertisement
SKIP THIS
वैद्यनाथ सेवा समाज (आठ शय)को अध्यक्षमा पाण्डे

टीकापुर:सुदूरपश्चिमको पहाडी जिल्ला अछामको साविक आठ शय क्षेत्र (दरो खोला) पुख्र्यौली घर भइ हाल कैलालीको पूर्वी क्षेत्रमा वसोबास गर्दै आएकाहरूको शनिवार टीकापुरमा सम्पन्न भेलाले वैद्यनाथ सेवा समाज (आठ शय) गठन गरेको छ ।

अछामको आठ शय क्षेत्र अन्र्तगत पर्ने साविकका सिद्धेश्वर, मार्कु, बुढाकोट, वैजनाथ, पायल, लुंग्रा, जाल्पादेवी, बाबला, पातलकोट, देवीस्थान, दुनी, घुँघुरकोट, खप्तड, सिमडी र सोकटसहित १५ गाउँ विकास समितिका वासिन्दालाई समेट्ने उद्देश्यले समाजको गठन गरिएको हो ।
पारस्परिक एकता, सहयोग र पहिचान गर्ने उद्देश्यले गठित उक्त समाजको अध्यक्षमा लुंग्राका मुकुन्दराज पाण्डे सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै समाजका अन्य पदाधिकारीहरूमा बुढाकोटका गोपालबहादुर थापा उपाध्यक्ष, सिद्धेश्वरका कर्णबहादुर कुँवर सचिव, वैजनाथका हिरण्डप्रसाद शर्मा सह–सचिव र बाबलाकी सुशीला विश्वकर्मा कोषाध्यक्ष चयन भएका छन् ।

समाजका सदस्यहरूमा वैजनाथका केशरी रावल बिष्ट र प्रदीपकुमार शाह, पायलका विजय धामी, जाल्पादेवीका मीनबहादुर विश्वकर्मा र सिमडीमा गजेन्द्रबहादुर शाह चयन भएका छन् भने एक महिला सदस्य रिक्त राखिएको छ । सोही भेलाले वैजनाथका सुरतबहादुर बिष्टको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ ।

सल्लाहकार समितिमा सिद्धेश्वरका धनराज उपाध्याय, देवीलाल जोशी, रामबहादुर कुँवर र शङ्कर कुँवर, वुढाकोटका कर्णबहादुर कुँवर, लुंग्राका धनबहादुर खड्का, वैजनाथका गोपालबहादुर शाह, तिलकबहादुर बिष्ट, भीमबहादुर ठकुल्ला, हीरासिंह बिष्ट, डवलबहादुर वलायर र गुलाव बलायर, पायलका मोतिसिंह धामी र खडक धामी, पातलकोटका देवबहादुर थापा, दुनीका बलबहादुर विश्वकर्मा र जाल्पादेवीका हर्कराज रेग्मी रहेका छन् ।

भेलाले समाजलाई संस्थागत रूपमा अघि बढाउन सचिव कर्णबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत चयन गरेको छ । उक्त समितिका अन्य सदस्यहरूमा हिरण्डप्रसाद शर्मा, मीनबहादुर विश्वकर्मा, कीर्तिसिंह धामी र चक्रबहादुर बिष्ट रहेका छन् ।

प्रारम्भिक चरणमा कैलालीको क्षेत्र नं. १, २ र ३ मा वसोवास गर्ने आठ शय क्षेत्रकालाई समेट्ने योजना रहेको अध्यक्ष पाण्डेले जानकारी दिदैं संस्था दर्ताको प्रक्रियामा आफुहरू सक्रिय भएको बताएका छन् ।
समाजको सदस्यता शुल्क ८ शय रूपैयाँ निर्धारण गरिएको कोषाध्यक्ष सुशीला विश्वकर्माले जानकारी दिएकीछिन् ।

तपाईको प्रतिक्रिया