Advertisement
SKIP THIS
सूचना,प्रविधि तथा प्रचार बिभाग डोटीमा बिस्तार, संयोजकको जिम्मेवारी भट्टलाई

धनगढी:नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभाग सुदूर पश्चिम प्रदेशको डोटी जिल्लामा लवदेव भट्टलाई संयोजकमा मनोनयन गरिएको छ ।

सूचना ,प्रविधि तथा प्रचार बिभाग डोटी संयोजकमा मनोनीत भएका भट्ट नेपाल प्रेस युनियन डोटी शाखाका पुर्व उपाध्यक्ष तथा प्रदेश पार्षद हुन ।

डोटीमा बिभागको सचिवमा प्रेस युनियन डोटी कि उपाध्यक्ष लक्ष्मी रोकायालाई मनोनयन गरिएको नेपाल प्रजातान्त्रिक महासंघ कि केन्द्रिय सदस्य एवं सूचना ,प्रविधि तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।

बिभागको डोटी शाखाका लागि सदस्यहरुमा युनियन जिल्ला सदस्य मोहन पनेरु , प्रदेश पार्षद लोकराज पाण्डेय , जिल्ला सदस्य एकेन्द्र चन्द , जिल्ला सदस्य ईन्द्रबहादुर शाही र युनियन डोटी शाखाका सदस्य नवीन जेठारालाई सुचना , प्रविधी तथा प्रचार बिभागको मनोनीत गरिएको बिभागका सुदुर पश्चिम प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।

डोटीमा बिभागमा पदाधिकारी मनोनयन गरिए संगै सुदूर पश्चिमका सबै जिल्लाहरुमा संगठन बिस्तारको कार्य सम्पन्न भएको प्रदेश संयोजक बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया