धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आज वि’रोधसभाको आयोजना गरेको छ।
धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि वि’रोधसभाको आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ।
वि’रोधसभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस्तै प्रदेश इन्चार्ज भीम रावलले पनि वि’रोधसभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ।
वि’रोधसभा सुरु हुनुपूर्व धनगढी चौराहदेखि खुलामञ्चसम्म र्याली समेत निकालिने बताइएको छ।
वि’रोधसभालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार धनगढी पुगिसकेका छन् भने प्रचण्ड आज आउने कार्यक्रम रहेको छ।