Advertisement
SKIP THIS
आर्थिक अ’भाव झेल्दै बयालपाटा अस्पताल :डाक्टर नहुदा प्रसुति सेवा प्रभावि’त

डण्डीराज भट्ट अछाम :केही समय अघि सुदुर पहाडको विश्वासनिय स्वास्थ सेवा प्रदान गदै आईरहेको बयालपाटा अस्पतालमा राजनीति खि’चातानीका आर्थिक अ’भाव कारण स्वास्थ द’यनीय बन्दै गरेको छ।

अस्पतालमा एम डि जि पि डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित भएकाे छ । अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विकास गाैचन बयालपाटा अस्पतालबाट राजिनामा गरि अन्यत्र गएकाे पनि एक महिना बिते उनकाे स्थानमा हाल सम्म कुनै डाक्टर नियुक्ति गरिएको छैन ।

एम डि जि पि डाक्टरकाे पद पुर्तिका लागि अस्पतालले विज्ञापन समेत गरेकाे छ । अस्पतालले आर्थिक कठि’नाई खेपि’रहेका बेला आउने डाक्टरले खाेजे अनुसारकाे सेवा सुबिधा पाउन नसक्ने भएपछि अस्पतालमा डाक्टर आउन नमानेकाे अस्पताल प्रशासनले जनाएको छ ।

बयालपाटा अस्पताललाई विगत लामाे समयदेखि सहयाेग गर्दै आईरहेकाे विदेशी संस्था पाेसिवल हेल्थ नामक संस्थाकाे सम्झाैता मिति सकिए पछि अस्पतालमा आन्तरिक कि’चलाे बढेकाे हाे । लगानि गरिरहेकाे दाताले अस्पतालबाट हात झिके पछि अब लगानीको लागि दाता नहुदा अस्पतालले आर्थिक भार खे’प्नु परिरहेकाे छ ।

अस्पतालले आर्थिक भार धान्न नसक्ने भएपछि गत साउनमा अस्पतालबाट केही कर्मचारीहरु समेत हटाईएकाे थियाे । साे बिषयलाई लिएर विभिन्न राजनितिक दलहरुले अस्पताल प्रशासनलाई कर्मचारी हटाउनु हुदैन अस्पताल सञ्चालनकाे लागि स्थानिय, प्रदेश र संघिय सरकारबाट सहयाेग गरि अस्पताल बाट प्रवाह हुने कुनै पनि सेवाहरुबाट नागरिकहरुलाई बन्चित नगराउने वचन बद्दता समेत दिएका थिए ।

त्येसै क्रममा बयालपाटा अस्पताल सञ्चालनका लाग सुदुरपश्चिम प्रदेश सरकारले रू ७ कराेड रकम बिनियाेजित गरेकाे थियाे । साे विनियोजित बजेटबाट अहिले सम्म २ कराेड मात्र अस्पतालले पाएकाे अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा बयालपाटा अस्पताकाे आर्थिक स’मस्याका विषयमा सम्बन्धित सराेकार पक्ष राजनितिक दलले समेत चासाे देखाएको छैन । अस्पतालबाट हटाईएका कर्मचारीरुकाे बहालि गर्नुपर्ने माग राख्ने राजनितिक दलहरु समेत अहिले माैन देखिन्छन् ।

बयालपाटा अस्पतालमा एम डि जि पि डाक्टर नहुँदा सबैभन्दा बढी अहिले प्रशुति शल्यक्रिया काे काम प्र’भावित भएको अस्पतालले जनाएको छ । जिल्ला भित्र र अन्य जिल्लाहरुबाट उपचारमा आएका जटि’ल खालका बिरामीहरुले सेवा नपायपछि अन्यत्र रि’फर गर्नुपर्ने अवस्था आएकाे छ ।

पहिले जिल्ला अस्पताल अछामले बिरामी बयालपाटा अस्पताल पठाउने गरेकोमा अहिले बयालपाटा अस्पतालले जिल्ला अस्पताल पठाउने गरेको छ।अस्पतालमा निशुल्क सेवा पाईरहेका नागरिकहरु अहिले अन्यत्र रि’फर भई महङ्गाे शुल्क तिर्नुपर्ने अवस्था आएपछि  आर्थिक पी’डा खे’पिरहेका छन् ।

अहिले बयालपाटा अस्पतालमा विभिन्न छिमेकि जिल्लाहरुबाट आएका विरामिहरु समेत अल’पत्र भएका छन् । वयालपाटा अस्पताले विगत १ दशक देखि सामान्य देखि जटि’ल खालका बिरामीहरुकाे उपचार तथा परामर्श सेवा निसुल्क दिईरहेकाे छ । बयालपाटा अस्पतालमा करिब २०० जना कर्मचारी कार्यरत छन् ।

अस्पतालबाट ओपिडि तथा ईमर्जेन्सी गरि दैनिक ३०० भन्दा बढी बिरामीहरुले निशुल्क स्वास्थ्य उपचार सेवा पाईरहेका छन् । काेराेनाका कारण बन्द रहेकाे अस्पताल स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा दिईरहेकाे छ । तर ओपिडि सेवा भने अहिले सम्म पुर्ण रुपमा सञ्चालमा आएकाे छैन ।

तपाईको प्रतिक्रिया