Advertisement
SKIP THIS
अछाममा पहिलो दिन २ सय ३६ जनामा कोरोना खोप लगाईयो

निराकरण सम्वाददाता अछाम: अछाममा पहिलो दिन २ सय ३६ जनामा कोरोना खोप लगाईएको छ। बुधबार खोप लगाउनेमा स्वास्थ कर्मी ९९ जना,सरसफाई संग सम्बन्धित तथा अन्य ५६ जना,महिला स्वास्थ्य स्वयं सेविका ७५ जना, एम्बुलेन्स चालक ३ जना र सुरक्षा कर्मि एक जना रहेका स्वास्थ कार्यलय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले जानकारी दिए।

पहिलो दिन बुधबार मंगलसैन नगरपालिका, बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसैनमा लगाईएको थियो ।भने पहिलो खोप स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गाना र जिल्ला अस्पताल नर्सिङ निरीक्षक गङ्गा बुढामगर लगाएकि थिईन्।

यस्तै माघ १५ गते बान्निगढी जयगढ गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा लगाईने स्वास्थ्य कार्यलय अछामले जनाएको छ।

यस्तै माघ १६ गते पञ्देवल नगरपालिका, तुर्माखाद गाउँपालिका,रामारोशन गाउँपालिकार मेल्लेख गाउँपालिका माघ १७ गत‌े साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका माघ १८ गते कार्यलयको कामकाजको कारण तोकिएको मितिमा आउन नसकेका ब्याक्ती हरुमा लगाईने स्वास्थ कार्यलय अछामले जनाएको छ।

भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गरे अनुसार अछाममा पनि सोही अनुसार खोप अभियान संचालन गरिएको हो ।

तपाईको प्रतिक्रिया