निराकरण सम्वाददाता अछाम: अछाममा पहिलो चरणमा लगाईने काेरोनाको बिरुद्धको खोप तालिका सार्वजनिक गरिएको छ ।जस अनुसार जिल्लामा पहिलो चरणमा १८ सय भन्दा बढीलाई खोप लगाईने छ
माघ १४ गते मंगलसैन नगरपालिका, बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसैन माघ १५ गते बान्निगढी जयगढ गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा लगाईने स्वास्थ्य कार्यलय अछामले जनाएको छ।
यस्तै माघ १६ गते पञ्देवल नगरपालिका, तुर्माखाद गाउँपालिका,रामारोशन गाउँपालिकार मेल्लेख गाउँपालिका माघ १७ गते साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका माघ १८ गते कार्यलयको कामकाजको कारण तोकिएको मितिमा आउन नसकेका ब्याक्ती हरुमा लगाईने स्वास्थ कार्यलय अछामका जनस्वास्थ अधिकृत झपट राज ढुंगाना द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ।
पहिलो चरणमा लगाईने कोरोनाको २ हजार ८० डोज अछाम जिल्लामा मंगलबार साझ पुगिसकेको बताईएको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताए ।
भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गरे अनुसार अछाममा पनि सोही अनुसार खोप अभियान संचालन गरिएको हो ।
सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका १० वटा खोप केन्द्रमा १६ हजार ३३८ व्यक्तिलाई खोप दिइने बताइएको छ । कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुरका सदुरमुकाममा रहेका अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।