चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन्। उनी ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन।
बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्। https://www.facebook.com/100006065443699/posts/2794796737399147/?app=fbl
उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन्।
उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन्।
उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।