लाल बहादुर चदारा अछामः वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आस्था नेपाल अछामको आयोजनामा मंगलसेनमा सन्चालन भएको “रूपान्तरण कक्षाका साथी शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम” को मंगलबार सम्पन भएको छ।
बिगत दश दिन देखि सन्चालन भएको उक्त प्रशिक्षण तालिममा अछाम जिल्लाको मेल्लेख गाउँपालिका नं. १ देखि ७, वडाका १४ जना , कमलबजार नगरपालिकाका २,३,४,र ५ गरि ४ वटा वडाका ८ जना यसैगरी पन्चदेवल बिनायक नगरपालिकाका १,६ र ७ गरि ३ वटा वडाका ६ जना समेतगरी जम्मा २८ जना साथी शिक्षकहरूलाई जीवन उपयोगी सीप ( रूपान्तरण) सम्बन्धी तालिम दिईएको छ।
किशोर किशोरीहरूको शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न संवेगहरू नियन्त्रण गर्न मदत पुर्याउने र जीवनलाई रूपान्तरण गर्ने सीप सिकाउने उदेश्यले उक्त तालीमको आयोजना गरिएको थियो।
तालिममा जीवन उपयोगी सीपका पन्ध्रवटा खण्डहरूको बारेमा प्रयोगात्मक, अभिनय, खेल विधि , समुहकार्य , प्रशिक्षण आदी बिधीहरूद्वारा सहभागीलाई प्रशिक्षण गरिएको थियो।
यो तालिमको समापन भए लगत्तै साथी शिक्षकहरू मार्फत सम्बन्धीत वडामा किशोर किशोरीहरूलाई जीवन उपयोगी सीपमा सक्षम बनाउने उदेश्यले कक्षा संचालन गरिनेछ।उक्त दस दिने तालिमको सहजीकरण NN फाउन्डेसन नेपालका प्रशिक्षक मन्दीप सुरी र बिन्जु वरालले गर्नु भएको थियो।
आस्था नेपाल जिल्ला कार्य समिती अछामका अध्यक्ष निर्मला रावलको अध्यतामा भएको उक्त समापन कार्यक्रममा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालका अछाम प्रतिनिधि सुरज शर्मा , आस्था नेपाल अछामका जनक वडुवाल, बालिका कुवर लगायतको सहभागीता रहेको थियो भने उक्त कार्यक्रमको संचालन आस्था नेपाल अछामका जिल्ला प्रवन्धक रूप बहादुर चन्दले गर्नु भएको थियो।