विक्रम परियार, माघ ६ अछाम: क्यान्सर रोगले पिडीत चौरपाटी गाउपालीका वडा नम्बर ५ लुंग्राका सुरेश लुहारलाई बचाउन अभियान भारतमा जारी रहेको छ ।
२ बर्ष देखि क्यान्सर रोग विरुद्ध लडीरहेका सुरेशको हाल भारतको गुजरात राज्यको सुरतमा उपचार जारी रहेको छ । सुरेशको आर्थिक अबस्थामा निकै कमजोर भएपछी उपचारका लागी हालै गठन भएको नव गठित लुंग्रेली समाजले आर्थिक संकलन अभियान जारी राखेको छ ।
सुरेशलाई बचाउनका लागी करिब डेढ महिना अघिबाट सुरु गरेको आर्थिक सँकलन अभियानका लागी नेपाल, भारत लगाएत तेस्रो मुलक गएका नेपालीले समेत आर्थिक सहयोग गरेका छन ।
सुरेशलाई बचाउनका लागी झण्डै ४ सय ८२ जनाले हालसम्म सहयोग गरिसकेका छन । उहाँको उपचारका लागी ४ सय ८२ जनाबाट ३ लाख ७० हजार ४ सय ३ रुपैयाँ सकलन भई उहाँलाई विशेष कार्यक्रमकाे आयाेजना गरि हस्तान्तरण गरिएको लुंग्रेली समाजका अध्यक्ष मिन बहादुर खड्काले बताए ।
अस्पतालमा नियमीत उपचार गराईरहेका सुरेशका लागी नेपाल, भारत, अमेरीका, जापान, दुबई, चाईना लगाएतका देशमा रोजगारी तथा अध्ययन गरिरहेका नेपाली दाजुभाईबाट सहयोग प्राप्त भएको लुंग्रेली समाजका सक्रिय सदस्य नविन जँग कार्कीले जानकारी दिनु भयो ।अझै पनी धेरै रकम आवश्यकता रहेकाले उहाँलाई सहयोग गरिदिन उहाँ सहित लुंग्रेली समाजले आग्रह गरे।
बिशेषगरी यो अभियानलाई सफल पार्न अमेरीका बाट शमशेर खड्का, रुपेश ताम्रकार,जापानबाट महेश खड्का, कोरीया बाट भरत खड्का, नृप बहादुर खड्का, दुवै बाट रेबन्त रावल, लोकेन्द्र खड्का, हिमाल खड्का, चाईना बाट रामभरस खड्का, भारतको सुरत बाट दिपक खड्का, नर बहादुर खड्का, नैन बहादुर खड्का, पुर्ण बहादुर खडका, बाचन खड्का, मुम्बैबाट शेर बहादुर खड्का, पुष्प खड्का, बिबस खड्का, प्रेम खड्का, हस्त खड्का, नयन जिजाकोटी, जयस जीजाकोटी, कुल बहादुर सुनार, सन्देश बाब्ली, रमेश खड्का र पुरन खडका लगाएत सबै लुंग्रेली समाजका पदाधिकारी हरु लागिरहेका छन ।
यस भन्दाअघि पनि यो समाजले बिभिन्न कार्यहरु गर्दै आइरहेको छ । अझैपनि समाजमा दुखमा परेका तथा समाजमा रहेको बिकृति बिसंगति हटाउन समेत यो समाजको अहम भूमिका रहेने लक्ष्य रहेको समितीका पदादीकारीहरुले बताउदै आएका छन ।
हालसम्म सुरेश बचाउन अभियानमा आर्थिक सहयोग गर्ने दाताहरुको नाम र रकम यसप्रकार रहेको छ ।