काठमाडाैं :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले प्रतिलिटर दुई रूपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका हुन्।
हवाई इन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको जनाइएको छ।