काठमाडौँ : नेपाली बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ ।
तोलामा नै ७०० रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोवार भएको छ ।
छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० रुपैयाँले घटेको छ ।
९२ हजार रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेको छ ।
एक हजार २६० रुपैयाँमा शुक्रबार कारोवारर भएको चाँदी आज भने एक हजार २३० रुपैयाँ मूल्य निर्धारण भएको छ ।रासस