Advertisement
SKIP THIS
केपी ओलिले संबैधानिक ’कु’ गरे ,नेकपा केन्द्रिय सदस्य भण्डारी

कमल रावल, अछाम नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य शरद सिंह भण्डारीले प्रधानमन्त्रीले विधि र पद्धती नमान्नु दुखद भएको बताउनु भएको छ ।

व्यक्तिगत स्वार्थ र महत्वकाक्षाको आधारमा निरंकुश बन्न खोजेकै कारण पार्टी बिरोधमा उत्रेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संबैधानिक ’कु’ का बिरुद्ध तुर्माखादमा भएको बिरोध सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै नेकपा अछामका सह ईञ्चार्ज तथा सविधान सभा सदस्य समेत रहेका भण्डारीले संसदको विघठन गरि जनताको मतको अपमान बर्तमान प्रधानन्त्रीले गरेकाले यसका बिरुद्ध सबै देशभक्त नेपाली जुटनु पर्ने बेला आएको
बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधान र पार्टी एकताको रक्षार्थ सबै कार्यकर्ता एकताबद्ध भएर आन्दोलनमा सरिक हुन समेत नेता कार्यकर्तालाई उहाँले आग्रह समेत गर्नु भएको छ ।

तुर्माखाद गाउपालिका संगठन कमिटी अध्यक्ष धरणिधर जैशीको अध्यक्षतामा भएको कार्यक्रममा सविधान सभा सदस्य भरत साउद, प्रदेश सभा सदस्य एवं प्रदेश कमिटी सदस्य अक्कल रावल, प्रदेश कमिटी सदस्य झंकर साउद, शंकर भण्डारी, बम बहादुर रावत, जोरासिंह बिष्ट, संबिधान सभा सदस्य जानकी साउद, जिल्ला पार्टी सचिव झपट साउद, जिल्ला कमिटी सदस्यको सहभागीता रहेको थियो । कार्यक्रमको संञ्चालन लिलाराम न्यौपानेले गर्नु भएको नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया