Advertisement
SKIP THIS
२ तिहाई सरकारले जनताको संसदलाई रंगमच बनायो : सभापति स्वार

अछाम : नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वाँरले असबैधानिक संसद बिघटनका बिरुद्धका अछामी जनतालाई एकजुट हुन आग्रह गरेका छन् ।

शनिबार साँफेबगर नेपाली काग्रेस नगरकार्यसमितिको आयोजनामा भएको कोण सभामा बोल्दै प्रमुख अतिथि सभापति स्वाँरले जनताको संसदलाई कम्युनिष्टहरुले रंगमच बनाएको भन्दै नेकपाले जनताको मतको गतल प्रयोग गरेको आ’रोप लगाए ।

नगर सभापति गोकुल भाटको अध्यक्ष्तामा भएको कोण सभामा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुवर,महाधिबेशन प्रतिनिधि टक्कर ताम्राकार लगायतका बक्तालृ मन्बय राखनु भएको थियो ।

कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य कालु सिह कुँवर, पुर्ब महाधिबेशन प्रतिनिधि अर्जुन ताम्राकार, पुर्ब नगरबिकास समितिका अध्यक्ष मोहन कुवर,उधोग तथा बाणिज्य बिभागका केन्दिय सदस्य नरेन्द्र कुवर, दलित संघका जिल्ला उपाध्यक्ष नैन सिह थलारी, महिला सघका नगर सभापति रुपा आउजी,दलित संघका नगर सभापति तुले भुल, महिला नेतृ शान्ता कुवर,महिला संघ पबित्रा कुवर, महिला नेतृ राजमती कुवर,जनक कुवर, अन्र्तरपार्टी महिला सजालका अध्यक्ष अप्सरा कुवर, लगायतका कागग्रेसको नेता कार्यत्रर्ताको उपस्थिित रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिब कृष्ण कुवरले गर्नु भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गरेका होे

सोहि अन्र्तगत अछामका दश स्थानीय तहमा पनी बिरोध कार्यक्रमहरु भएको कग्रेस अछामले जनाएको छ । गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

यसैगरी नेपाली काग्रेस चौरपाटी गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राजदुत बल ब कुंवर, बिशिस्ट अतिथी महासमिति सस्दय राजन कुंवर, अतिथी नेपाली काग्रेस जिल्लाकार्यसमिति सदस्य टेक ब साउद, चक्र बोगटी, दिपक कुंवर, खेगेन्द्र खडका, देब ब खडका, जयराज रेग्मी, पुर्ब महाधिबेसन प्रतिनिधि खडक ब साउद, क्षेत्रीय सह सचिब मोहन बोगटी, प्रदेस सभापती राजेद्र कुंवर, क्षेत्रीय सदस्य महेस ब खडका, लाल ब धामी चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुंवर, प्रजातान्त्रिक महासंघका उपाध्यक्ष धर्म साउद , चौरपाटी गाउँ पालिका वडा न १ वडा सभापती झकर थापा, वडा न २ का सचिब जगत साउद, शिक्षिक संघ चौरपाटी गाउँपालिका अध्यक्ष कृष्ण खडका, महिला संघ सचीव छत्र खडका लगायको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य चौरपाटी गाउँपालिका उपसभापती देउमल खडकाले राखनु भएको थियो भने सञ्चालन सचीव खेमराज खडकाले गर्नु भएको थियोे

तपाईको प्रतिक्रिया