Advertisement
SKIP THIS
डोटीमा अटो रिक्सा सेती नदीमा खस्यो :१ को मृ’त्यु

धनगढीः डोटीमा अटो रिक्सा सेती नदीमा खसेर भएको दुर्घट’नामा एकजनाको मृ’त्यु भएको छ। 

मंगलबार दिउँसो केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको  STSTC 2-02-001SAHA5402  नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा शिखर नगरपालिका–२ बस्ने ५५ वर्षीय पदम जोराको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घट’नामा परि चालकसहितका अटोमा सवार ४ जना घा’इते भएका छन।

घाइ’ते हुनेमा चालक जीतबहादुर जोरा, नरेश पार्की, दीपक जोरा र अर्जुन पार्की रहेको ट्राफिक प्रहरीले जनाएको छ। उनि हरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया