Advertisement
SKIP THIS
अछाममा नेकपाकै नेताले लगाए भिम रावललाई गम्भी’र आ’र‍ोप

केपी वली पक्षका केन्द्रीय सदस्य तथा अछामी कम्युनिस्ट अान्दोल’नका हस्ती पूर्व राज्यमन्त्री भिमबहादुर कडायतले पूर्व उपप्रधानमन्त्री , गृह मन्त्री तथा रक्षा मन्त्री समेत भैसकेका विगठित प्रतिनिधिसभा सदस्य भिम रावललको राष्ट्रिय नेताको हैसियत समेत नरहेको बताएका छन् ।

रावललाई केही व्यक्ति र मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भन्दै भिम रावलको प्रचार गरेको देख्दा अचम्म’मा परेको बताए ।

केपि ओलि पक्षले मंगलसेनमा गरेको कार्यक्रम पश्चात् आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य रावललाई लक्षित गर्दै नेता कडायतले योग्यता अनुसारको आचारण देखाउन नसकेको बताए ।

पदको लडाइँको लागि पार्टी भित्रका नेताहरू मरिहत्ते गर्न थालेपछि प्रधानमन्त्रीले संसद वि’घटन गरेको बताए । एउटै पार्टीको सरकार भएपनि पार्टी भित्रीकै नेताहरू सरकारका बिरू’द्वमा लागेर सरकार नै ढाल्ने खेलमा लागेपछि प्रधानमन्त्री बाध्य भएर संसद विघटन गर्नुभएको बताए ।

चुनाव देखि डराउनेहरूले मात्रै केपी वलीको वि’रोध गर्ने गरेको भन्दै सडकमा जानुभन्दा निर्वाचनको तयारीमा जुट्न समेत अाग्रह गर्नुभएको छ । केपी वलीले देशलाई ठूलो दुर्घ’टना हुनबाट जोगाएकाले ओलीको वि’रोध नभई प्रशंसाा गरे।

नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीले चुनावको वि’रोध गर्नु नसुहाउने भन्दै चुनावको तयारीमा जुट्न समेत अनुरोध गरे।

केपी ओली पक्षको अायोजनामा मंगलसेनमा भएको कार्यक्रममा प्रमुख अतिथिको अासन बाट बोल्दै नेता कडायतले भिम रावलको नक्कली राष्ट्रवादले काम नगर्ने भएकाले पार्टी विभाजन हनुमा भिम रावलको पनि ठूलो हात रहेको अारो’प लगाए।

अछाममा केपी पक्ष माधव प्रचण्डपक्ष भन्दा बलियो हुने समेत दाबी गरे।पार्टीका जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्तिसंगसंगै अार्थिक क्रा’न्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताए ।

देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएकाले त्यो देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको बताए ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोषि रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताए । सूदुरपश्चिम प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारि समहालि सक्नुभएका नेता बोहराले चुनावमा अाई जितेर देखाउन भिम रावललाई चुनौती समेत दिए।

पार्टीका नेता कृष्णप्रसाद जैसीले अाधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गरे।माधव- प्रचण्ड समूहले पार्टीको सम्पतिमाथि आँखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर नलगाउन समेत अनुरोध गरे।

पदका लागि मरिहत्ते गर्ने माधव प्रचण्ड समूहकै कारण पार्टी फुटको संघारमा पुगेको समेत अा’रोप लगाउनु भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, कमल तिमलसैना, पदम बहादुर बोहरा, शिव प्रसाद उपाध्याय, भिम जनाला, भिम बिष्ट , मना अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । सोही बिस्तारित बैठकले अछाम जिल्लामा चन्द्र बहादुर बोहराको अध्यक्षतामा ४ सय ५१ जनाको पार्टिको जिल्ला कमिटी गठन गरेको छ ।

तपाईको प्रतिक्रिया