Advertisement
SKIP THIS
मध्यपहाडि राजमार्गमा समयमै पहिरो नहटाउदा अछाममा सवारी साधन ठोकिए

निराकरण सम्वाददाता अछाम : अछाममा स्कारपियो र जिप एक आपसमा ठोकिएका छन्।

मध्य पहाडी राजमार्गको साफेबगर नगरपालिका वडा नं ८ चण्डिका बयालपाटा बजार नजिक स्कारपियो र जिप एक आपसमा ठोकिएका हुन ।

मंगलसेन देखि साफे तिर गईरहेको से १ ज ८६७ नंबरको जिप र बिपरित दिशा बाट गईरहेको बा २० च ३६२२ नं स्कारपियो आईतवार साझ एक आपसमा ठोकिएका र सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

मध्यपहाडि आयोजनाले बर्षाको समयमा खसेको पहिरो समयमै नहाटाउदा सवारी एक आपसमा ठोकिएका हुन ।

मध्यपहाडि राजमार्गको अछाम जिल्लाको कैलास खोला देखि बयालपाटा सम्म सयौं ठाउँ पहिलो गएको छ। बर्षाको बेला गएको पहिरो हाल सम्म नहटाउदा दुर्घ’टनाको जोखि’म बढ्दै गएको छ।

 

 

तपाईको प्रतिक्रिया