Advertisement
SKIP THIS
प्रधानमन्त्री ओलीको धनगढीमा १ घण्टा लामो भाषण परेन निर्मलाको बिषय: न्याय माग्ने प्रहरी नियन्त्र’णमा

धनगढीः शुक्रबार नेकपा सुदूरपश्चिम ओली पक्षले आयोजना गरेको जनसभामा प्रधानमन्त्री ओलीले करिब १ घण्टा लामो भाषण गरे।

धनगढीस्थित खुुला मञ्चमा आयोजना भएको जनसभामा सीमा नाकादेखि थरुहटका विषयमा बोलेका उनले नेकपाकै पुष्पकमल दाहाल–माधव कुमार नेपाल विरु’द्ध खेदो खन्न समेत छाडेनन्।

उनकै जनसभामा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्न केही युवाहरु उपस्थित भएका थिए। उनीहरुले ‘निर्मला पन्तको बला’त्कारी खै ?’ र ’निर्मलालाई न्या’य दे’ लेखेको टि–सर्ट लगाएर निर्मलाका लागि न्या’य मागेका थिए।

तर प्रधानमन्त्री ओलीले निर्मला प्रकर’णबारे एक शब्दपनि बोलेनन्। उल्टै ती न्या’य माग्ने युवाहरुलाई प्रहरीले पक्रा’उ गरेर लग्यो। सश’स्त्र प्रहरीले ६ जना युवक’लाई नियन्त्र’णमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको श’व ब’लात्कारपछि ह’त्या गरेको अ’वस्थामा फे’ला परेको थियो। ब’लात्कार र हत्या प्रकरणको अनु’सन्धान हालसम्म चलिरहेको छ।

 

तपाईको प्रतिक्रिया