Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक महिलाक‍‍ो मृ’त्यु

अछामः जिल्लामा भिरबाट लडेर एक महिलाक‍ो ज्या’न गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ५ कुईका स्थित डाडा भन्ने ठाउँमा बसोबास गर्दै आएका रण टमट्टाकी धर्मपत्नी ४८ वर्षीय बिशु टमट्टाको बिहीबार दिउँसो साढे एक बजेतिर भिरबाट लडेर ज्या’न गएको हो ।

गोरुलाइ घाँस काट्न भनेर घर नजिकैको माटिखाने भन्ने ठाउँमा घाँस काट्न गएको बेला भिरबाट लडेर करिब २ सय मिटर तल परेपछि घाइ’ते भएकी टमट्टाको प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मंगलसेन लिने निर्णय गर्दै गर्दा घरमा पुर्याएपछी ज्यान गएको मृत’कका छोरा एकेन्द्र टमट्टाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया