Advertisement
SKIP THIS
नेकपा नेता भीम रावलसहितका ३ जना नेतामाथि कार’वाही गर्न सिफारिस

धनगढी :नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ जना नेतामाथि कार’वाही गर्न सिफारिस गरिएको छ।

बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम (ओेली समूह) को बैठकले पार्टी इन्चार्ज रावललाई ब’र्खास्त गर्दै आवश्यक कारवा’हीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

रावलले बैँक खातामा भएको ३० लाख रुपैयाँ गायब पारेको भन्दै आर्थिक अनियमितता गरेकाले पार्टीको विधान बमोजिम कार’वाही गर्न सिफारिस गरिएको हो।

यस्तै ओली समूहले नेकपा सुदूरपश्चिमका प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई पनि का’रवाही गरेको जनाएको छ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि का’रवाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका ८ जना नेतामाथि समेत कार’वाही गरेको थियो।

 

तपाईको प्रतिक्रिया