Advertisement
SKIP THIS
अछाममा गरिएको परिक्षणमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

संञ्जय खड्का :अछाममा गरिएको कोरोना परिक्षणमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको साँफेबगर नगरपालिकाका ४४ र ४० वर्षका २ जना पुरुष रहेका छन् ।

यस्तै दैलेखको आठविस नगरपालिकाका २८ वर्षका १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिए ।

प्रयोगशालामा अहिले सम्म ४ हजार ३ सय ८९ जनाको परीक्षण गरिएकोमा ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया