Advertisement
SKIP THIS
स्व: बुवाको सम्झनामा स्वास्थ चौकी प्रमुख ठकुल्ला द्वारा स्वास्थ चौकीमा प्रतिक्षालयको निर्माण

निराकरण सम्वाददाता अछाम :

स्वास्थ चौकी प्रमुख ठकुल्ला द्वारा स्व: बुवाको सम्झनामा प्रतिक्षालयको निर्माण ।।

निराकरण सम्वाददाता अछाम :साफेबगर नगरपालिका वडा नं ५ नवाठानाको स्वास्थ चौकीमा निर्माण गरिएको बिरामी तथा आगन्तुक प्रतिक्षालयको उदघाटन गरिएको छ।

साफेबगर नगरपालिका वडा नं ५ नवाठाना छान्ना निवासी स‍ोहि स्वास्थ चौकिका ईन्चार्ज नैन सिह ठकुल्ला (नारद)ले आफ्ना स्वर्गीय बुवा शेर सिह ठकुल्लाको सम्झनामा १ लाख ५० हजारको लागतमा निर्माण गरिएको प्रतिक्षालयको उदघाटन गरिएको छ।

आफुले स्वर्गीय बुवाको सम्झनामा स्वास्थ चौकीको प्राङ्गगडामा स्वास्थ चौकी आउने बिरामीलाई बस्नको लागि सहजता होस भन्ने उदेश्यले प्रतिक्षालय निर्माण गरेको स्वास्थ चौकि इन्चार्ज तथा प्रतिक्षालय निर्माता नैन सिह ठकुल्ला (नारद)ले बताए ।

साफेबगर नगरपालिका वडा नं ५ नवाठाना का वडा अध्यक्ष तथा स्वास्थ चौकिका समेत अध्यक्ष रहेका उज्जिर सिह साउदको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा प्रमुख अथिति पुर्व गाबिस तथा नेपाली कांग्रेस जेष्ठ नागरिक केन्द्रीय सदस्य अध्यक्ष मोति सिह तिरुवा रहनु भएका थिए ।

यस्तै प्रतिक्षालयको उदघाटन कार्यक्रममा बिशिस्ट अथिति नेकपा जिल्ला सदस्य रङ्ग बहादुर ठकुल्ला नेकपा साफेबगर नगर कमिटी अध्यक्ष शंकर बहादुर कुवर नेपाली कांग्रेस नगर कार्यसमिति कोषाध्यक्ष राधिका कवुर, साफेबगर नगरपालिका कार्यपालिका सदस्य दुरि देवि कुवर , वडा सदस्य डबल बोहरा ,गोरख बुढा,ईन्द्र देवि तिरुवा,नेकपा वडा अध्यक्ष टेक बहादुर बुढा, नेपाली कांग्रेस वडा सभापति तुल बहादुर कुवर उध‍ोग बाणिज्य संघ अछाम सदस्य दिर्ध ठकुल्ला , शिक्षक संघ नगर कमिटी अध्यक्ष बल बहादुर ठकुल्ला , एफएमडिसि जिल्ला संयाेजक गणेश तिरुवा , कृण माबि प्रअ टिकाराम बुढ्थापा,टोल संयोजक कृर्त ठुकुल्ला, लगायतले मन्तब्य राखेका थिए।

 

 

तपाईको प्रतिक्रिया