Advertisement
SKIP THIS
कैलालीमा २ प्रहरी ह’त्या प्रकरणका मुख्य योजनाकार प’क्राउ

धनगढीः धनगढीमा २ प्रहरी ह’त्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जना प’क्राउ परेका छन्।

स्रोतका अनुसार प’क्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले विहान १० बजे पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीद्वारा यसवारे आधिकारिक पुुष्टि हुन भने बाँकी छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वे’पत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा वि’भत्स ह’त्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै ह’त्या गरेकै अवस्थामा फेला परेका थिए। 

यसअघि सो घट’ना अभियोगमा प’क्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। तर मुख्ययोजनाकार भनिएका एक जनालाई भने प्रहरीले प’क्राउ गर्न सकेको थिएन।

तपाईको प्रतिक्रिया