Advertisement
SKIP THIS
समुदाय स्तरीय रुपान्तरण समुह कक्षा गठन भेला कमलबजारमा सम्पन्न

लब कुवर अछाम : समुदाय स्तरीय रुपान्तरण समुह कक्षा गठन भेला कार्यक्रम कमलबजार नगरपालिका वडा न. ४ चाल्सामा सम्पन्न भएको छ ।

कमलबजार नगरपालिका वडा न. ४ कि महिला वडा सदस्य जागृती साउद अध्यक्षतामा भएको ह‍‍ो ।

आस्था नेपालको आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालय चाल्सामाको समन्वयमा कार्यक्रम भएको हो ।

रुपान्तरण कार्यक्रममा बाल संरक्षण र रुपान्तरण कक्षा सञ्चालान गर्ने सम्बन्धि जानकरी गराइएको थियो ।

यस्तै यस कार्यक्रममा दर्ता गरिएका र दर्ता नगरिएका १० बर्ष देखि १९ बर्ष समुहका १ जना बालक सयोजक र २९ जना सदस्य बालबालिका ,वडा बाल संरक्षण सचिब ,समाजसेवि ,अभिभावकहरु,२ जना छनोट गरिएका सामाजिक सहजकर्ता र आस्था नेपालकि अम्बिका थापाको सहभागिता रहेको कार्यक्रमको संचालन आस्था नेपालका लभजङ्ग कुवरले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया