निराकरण खबर अछाम:हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्तका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम साँफेबगर नगरपालिका ८ चण्डिकामा सम्पन्न भएको छ।मंगलबार वडा अध्यक्ष कालु सिंह कुँवरको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सहभागीहरुले महिला हिंसा अझैपनि न्युनिकरण हुन नसकेको बताए ।
महिलाहरुमा हुने हिंसा महिलाबाटै हुने गरेको वडा अध्यक्ष कालु सिंह कुँवरले बताए ।महिलाले नै छोराछोरी बिच विभेद गर्ने गरेको सो विभेद शिक्षामा समेत हुने गरेको छोरालाई निजि बिधालय छोरीलाई सरकारी बिधालयमा पढाउने घरमा काम भएको बेलामा समेत छोरीलाई आज काम छ भनेर रोक्ने जस्ता काम हुने गरेको बताए ।
बिशेश गरि मदिरा सेवनका कारण पुरुषले घरेलु हिंसा गर्ने गरेको बताउदै वडा अध्यक्ष कुँवरले कुनै पनि महिला दिदिबहिनीहरु हिंसामा परे वडा आउन आग्रह गरे ।महिला हिंसा गर्नेलाई कानुनी कारवाहि गर्नेलाई पिडितलाई न्याय दिलाउन आफू सदैव लाग्ने वडा अध्यक्ष कुँवरले बताए ।
बहुबिवाह अन्त्य गर, बालबिवाह अन्त्य गर, महिला हिंसा अन्त्यजस्ता नारासहित प्ले कार्ड बोकेर वडा कार्यालयबाट निस्केको र्यालि बयालपाटा बजार परिक्रमा गरि पुनः वडा कार्यालय पुगेको थियो ।