Advertisement
SKIP THIS
साँफेबगर बिमानस्थलमा गिद्द देखेपछि १५ मिनेट सम्म आकाशमै घुमिरह्यो जहाज

अछाम:धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ । गिद्धहरु जहाज अवतरण गर्ने मसान घाट तिरको क्षेत्रमा उडिरहेको देखेपछि विमान अवतरण हुन नसकेर उभरसुट गरेको थियोे ।

धनगढी बिमानस्थल देखि साँफेबगर बिमानस्थल सम्म पुग्ने  समय सम्म जहाज साँफेबगर आसपासका करिव १५ मिनेट २० सेकेन्ड जति  आकाशमै घुमेपछि साँफेबगर बिमानस्थलमा अवतरण गरेको समिट एयरलायन्सका अछाम प्रतिनिधि विजय कुंवरले बताए ।

एयरपोर्ट खटिएको प्रहरीको सहयोगमा गिद्ध धपाइएपछि बिमान बल्ल अवतरण गरेको कुँवरले बताए । साना टुइनेटर जहाज बस्ने साँफेबगर बिमानस्थलमा चरा धपाउने देखि एयरपोर्टमा अतिआवश्यक दमकल समेत छैन ।

तपाईको प्रतिक्रिया