Advertisement
SKIP THIS
अछाम प्रहरी प्रमुख भण्डारी गरे सुत्केरी महिलाका लागि रक्तदान

निराकरण खबर अछाम:अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी सुत्केरी भई रक्तश्राव भएकि एक महिलाका लागि रक्तदान गरेका छन् ।

शुक्रबार मंगलसेन नगरपालिका वडा नं.१२ ठाँटिखाँद बस्ने मनिषा शाहि प्रसुती भई रक्तश्राव भएको र उनलाई एबि पोजेटिभ रगत आवश्यक भएपछि अछाम प्रहरी प्रमुख डिएसपी भण्डारीले रगत दिएका हुन।

अछाम जिल्ला रक्तसञ्चार केन्द्र नहुदाँ रगत आवश्यक परेका बिरामीहरुले यसरी नै रक्तदाता खोज्नु परेको छ। अछाम जिल्लाको बयालपाटा अस्पतालमा ३० प्वाइन्ट रगत १ महिना सम्म राख्ने सुबिधा भएपनि जिल्ला अस्पतालमा भने त्यो सुबिधा छैन ।

तपाईको प्रतिक्रिया