Advertisement
SKIP THIS
अछाममा रगत अभाव हुन नदिन ‘लाईफ लाईन अछाम’ अभियानको सुरुवात

निराकरण खबर अछाम:अछाम जिल्ला रगत आवश्यक परेका बिरामी गर्भवती र सुत्केरीहरुलाई रगत अभाव हुन नदिन ‘लाईफ लाईन अछाम’ अभियान सुरुवात गरिएको छ।अछाम जिल्लामा बिगत देखि रगत आवश्यक परेकाहरुलाई रगत उपलब्ध गराउदै आएका समुह ब्याक्तीहरुको एकजुट हुँदै अभियान सञ्चालन गरेका हुन।

“Blood for Achham” भन्ने मूल नाराका साथ प्रोजेक्ट लाइफलाइन अछाम, Blood Network Stand by Donor (https://lifelineachham.org ) को सुरूवात गरिएको
गणेश कुँवरले बताए ।

अछामका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा हुने रगतको अभावलाई मध्य नजर गर्दै रगतको अभावबाट हुने जोखिम न्यूनीकरणका निम्ति हामीले यो प्रोजेक्टको सुरुवात गरिएको प्रोजेक्ट लिडर कुँवरले बताए ।

अछामलाई प्रतिनिधित्व गर्ने माननीय सांसद, नेतागण, शिक्षक, पत्रकार, कलाकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी, विभिन्न पेशा र संस्थामा आबद्ध व्यक्तित्व, बुद्धिजीवी, युवावर्ग, नागरिक समाज, सामाजिक अभियान्ता ,स्वयंसेवक, र प्रवासमा रहेका हरुले https://lifelineachham.org मा जोडीन सकिने कुँवरले बताए ।

टीम लाइफलाइन अछाममा गणेश कुँवर, प्रोजेक्ट लीड तथा सॉफ्टवेयर डेभलोपर, डा. मन्दिप पाठक बयालपाटा अस्पताल,
डा. कृष्ण बहादुर सोडारी अछाम जिल्ला अस्पताल,
महेन्द्र कुँवर, बयालपाटा अस्पताल,उमेश कुँवर सामाजिक अभियान्ता रहेका छन।

तपाईको प्रतिक्रिया