Advertisement
SKIP THIS
एएमसी कपको उपाधि अछामको त्रिपुरा बहुमुखी क्याम्पसलाई

निराकरण खबर अछाम: धनगढीमा सम्पन्न द्रोस्रो एएमसी कप प्रदेश अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि अछामको त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटले जितेको छ।

सोमबार भएको फाईनल खेलमा त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बझाङलाई सोझो (३-०) सेटमा पराजित गर्दै स्वतन्त्र बिधार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसले आयोजना गरेको प्रदेश स्तरीय अन्तर क्याम्पस खुला भलिबल प्रतियोगिताको उपाधि त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटले जितेको स्वबियु सभापति कमल कुँवरले जानकारी दिए।

खेलमा लागेका खेलाडीहरुलाई अझ खेल प्रती लाग्न अछामबाट धनगढी भलिबल टिम लगिएको र सोही अनुरुप खेलाडीहरुले मेहनतका साथ खेल्दा उपाधि जित्न सफल भएको स्वबियु सभापति कुँवरले बताए । आगामी दिनमा समेत खेल र खेलाडीका लागिएको स्वबियु लागिरहेन धनगढीमा भलिबल टिम ल्याउन सहयोग गर्ने सबैमा उनलेे धन्यवाद दिए।

उपाधि जितेको त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटले १ लाख ११ हजार पुरस्कार जित्दा द्रोस्रो भएको त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बझाङ ६५ हजारमा चित्त बुझाउनु परेको छ।

तपाईको प्रतिक्रिया