निराकरण खबर अछाम:सुदूरपश्चिम प्रदेश अछामको बयालपाटा अस्पताललाई ७करोड ५० लाख बजेट विनियोजन गरेको छ।
आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा पेश गरेको आर्थिक बर्ष २०८१/०८२ को परिमार्जित बजेटमा अस्पताल ७ करोड ५० लाख बजेट बिनियोजन गरेको सामाजिक बिकास मन्त्री मेघराज खड्का सचिवालयले जनाएको छ।
यस अघि पेश गरेको बजेट र गतबर्षको बजेट अछामको बयालपाटा अस्पताललाई बजेट बिनियोजन नगरेको भन्दै चर्को बिरोध भएको थियोे ।