Advertisement
SKIP THIS
मुक्तिकोटमा खाद्य संकलन तथा बिक्री केन्द्र बन्ने

निराकरण खबर अछाम:बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा खाद्य संकलन केन्द्र गाेदाम घर बन्ने भएको छ। खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावासले ५ करोड रुपैयाको भवनका लागि स्वीकृत गरेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।

२०७९ मा मुक्तीकोटमा खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावासमा प्रस्ताव पेश गरिएकोमा हाल स्वीकृत भएको अध्यक्ष रोकायाले बताए ।हाल सो क्षेत्रका लागि सरकारले ५०० क्विन्टल चामल कोटा निर्धारण गरेको चामल र नुन दुवानि हुदाँ कहिले बिधालय,कहिले निजि भवनमा राख्नुपर्ने त कहिले बाटैबाट बिक्रि गर्नेु पर्ने अवस्था रहेको अब भने भारतिय सरकारको सहयोग भवन बनेपछि सो अवस्था अन्त्य हुने गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

अबको केही दिनमा एमओई हुने एमओई भएको १५ महिना भित्र भवन बनाईसक्नु पर्ने प्रावधान रहेको चाडैं खाद्य संकलन केन्द्र गाेदाम घर बन्ने बिश्वास गरिएको अध्यक्ष रोकायाले बताए ।

खाद्य गोदाम घर बनेको खण्डमा स्वामिकार्तिक खापर गाउँपालिका र कालिकोटको पलाता गाउँपालिकाका नागरिकहरुलाई राहत पुग्ने,स्थानीय किसानहरुले उत्पादित खाद्य सामाग्री समेत संकलन गर्ने उदेश्य राखिएको अध्यक्ष रोकायाले बताए ।

तपाईको प्रतिक्रिया