Advertisement
SKIP THIS
महिलालाई सशक्त बनाउने प्रदेश सरकारको नीति छ,मन्त्री खड्का

धनगढी:सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले महिलालाई आर्थिक रुपमा सशक्त बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् ।

मंगलबार धनगढीमा रुडुकले आयोजना गरेको महिलाका लागि आर्थिक सशक्तीकरण सम्बन्धी प्रादेशिक सम्मेलनमा सामाजिक विकास मन्त्री खड्काले आगामी बजेटमा महिलाहरूका धेरै विषयवस्तुहरू समेटिने दाबी गरेका हुन् ।

स्वास्थ्य, शिक्षामा पहुँच बढाउने प्रदेश सरकारको नीति रहेको र सोही नीति अनुसार बजेट आउने मन्त्री खड्काको भनाइ थियो ।

फाया नेपालकी अध्यक्ष गोमा आचार्यले आर्थिक सशक्तीकरणको सरकारले नारा लगाउने गरे पनि पर्याप्त बजेट विनियोजन नगर्ने गरेको बताइन् । राज्यको निर्णायक तहमा महिलाहरूको सहभागिता नहुँदा महिलामा आर्थिक सशक्तीकरण हुन नसकेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया