निराकरण खबर अछाम: अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गजेन्द्र बहादुर खड्काले क्रसर ब्यावसायी ठकुल्ला सँग आफ्नो संग्लनता देखाउन चुनौती दिएका छन।
आफ्नो संग्लनता भएको पुष्टि गरे तत्काल राजिनामा दिने वडाअध्यक्ष खड्काले सामाजिक सञ्जाल मार्फत चुनौती दिएका छन् ।आफुलाई बिनाकारण बदनाम गराउने उदेश्यले मुद्दामा मुछिएको अध्यक्ष खड्काले निराकरण खबरलाई बताए ।
भाद्र १९ गते निराकरण खबरले अख्तियार परेको उजुरीका आधारमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद बिरुद्ध अख्तियार उजुरी भन्दै समाचार प्रकाशित गरेको थियोे ।
उप्त समाचारमा अध्यक्ष बान्नीगढी जयगढ गाउपालिका अध्यक्ष टेक बहादुर साउदले बान्नीगढी १ गाज्रा हुँदै बग्ने छिपेखोलाबाट साफेबगरका क्रसर ब्यापारी दिर्घ ठकुल्लालाई ढुंगा, गिट्टी बालुबा सहज रूपमा साँफेबगर नगरपालिकामा रहेको क्रसर उद्योगमा लैजान सक्ने गोप्य सहमति दिएको भन्दै अख्तियारमा उजुरी परेको भन्दै समाचार प्रकाशित गरेको थियोे
यस्तै गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार ब्याक्तीले निहित स्वार्थ सिद्ध गर्ने उदेश्यले छिपेखोला दोहन गराई निर्माण व्यवसायी दिर्घ बहादुर ठकुल्लाबाट ठुलो धनरासी कमिसन लिने गरेको र यसमा सम्बन्धित वडाका अध्यक्ष गजेन्द्र बहादुर खड्का समेत भागेदार बनेका भन्दै उजुरी अख्तियारमा पुगेको भन्दै समाचार प्रकाशित गरेको थियोे ।