Advertisement
SKIP THIS
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी लिएर जादै गरेको जिप बयालपाटामा दुर्घटना

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका ८ चण्डिका बयालपाटामा जिप दुर्घटना भएको छ।

बुधबार दिउँसो साढे ३ बजेतिर साँफेबगरबाट मंगलसेन जादै गरेको सु प प्र ०१००१ ज १२३८ नम्बरको जिप मध्यपहाडी राजमार्गको बयालपाटा मोटेनेमा जिप दुर्घटना भएको हो।

तिब्र गतिमा रहेको जिप बिपरित दिशाबाट आईरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको प्रत्यक्ष दर्शिले बताए । दुर्घटनामा हुदाँ करिव १० जना घाइते भएका छन।उनिहरु सबैलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ।

जिप नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन मंगलसेन जादै गरेको चौरपाटी गाउँपालिकाका बिधार्थीलाई लिएर जादै गरेको थियोे ।

तपाईको प्रतिक्रिया