निराकरण खबर अछाम:आर्थिक अवस्थाका कारण बन्द अछाम सदरमुकाममा रहेको अल्पकालीन सुरक्षित गृह (सेफ हाउस) जिल्ला समन्वय समितिले सञ्चालन गर्ने भएको छ।
जिल्ला समन्वय समिति अछामका विभिन्न निर्णयले तत्कालीन जिल्ला बिकास समिति अछाम मातहत रहेको सेफ हाउलाई समन्वय मातहत सञ्चालन गर्ने निर्णय गरेको थियोे ।
भाद्र ९ गते जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुवरको अध्यक्ष्ातामा बसेको बैठकले अछाम जिल्लाका स्थानीय तहले सक्दो सहयोग गर्ने भनेपछि बन्द रहेको सेफ हाउस सञ्चालन हुने निर्णय गरिएको हो।
बेैठकमा साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर,ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद लगायत अन्य स्थानीय तहका प्रतिनिधिको सहभागी रहेको थियोे
आर्थिक समस्याका कारण मंगलसेन बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्दै आएको सेफ हाउस बन्द रहेको छ।