अछाम: सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री मेघराज खड्कालाई शुभकामना तथा बधाई दिने क्रममा खादा माला र अबिरको प्रयोग नगरिदिन आग्रह गरिएको छ । मन्त्री खड्काको कार्यकक्ष बाहिर टाँस गरिएको सूचनामा खादा, माला र अविरको प्रयोग नगर्न भनिएको हो ।
मन्त्री जिल्लाका ज्युलाई शुभकामना दिन आउनेहरु खादा माला र अबिरको ल्याएर आउने र लगाईदिने हुनाले अस्तब्यस्त कार्यकक्षमा छरिने हुदाँ नल्याउन आग्रह गरिएको सचिवालयले जनाएको छ । सोमबार प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका खड्कालाई अहिले मन्त्रालयमा पुगेर बधाई तथा शुभकामना दिनेको बाक्लो भीड लाग्ने गरेको छ ।