Advertisement
SKIP THIS
अछाममा अदालतबाट दोषी भई फरार भएका मिझार प्रकाउ

अछाम:अछाममा मन्दिरबाट मुर्ती र गहना चोरी मुद्धामा जिल्ला अदालतबाट दोषि ठहरिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँफेबगर नगरपालिका-४ भण्डारी गाउँका रनबहादुर मिजार रहेका छन् ।

उनलाई घटना भएको एक वर्ष दुई महिनापछि प्रहरीको टोलीले उनको घरबाट पक्राउ गरि अदालतमा बुझाइएको जिल्ला प्रहरीका अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए । जिल्ला अदालत अछामले मिजारलाई ३० हजार जरिवाना र १२ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश दिए पनि मिजार फरार रहेका थिए ।

गत बर्ष भदौ २९ गतेको फैसलामा मिजार र सोही नगरपालिका-१० घुँगुरकोट टिकाराम जोशी मिलेर चोरी गरेको अदालतले ठहर गरेको थियो । जोशीलाई अछामअदालतले तीन वर्ष कैद, ३० हजार जरिवाना र १२ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश फैसला गरेको थियो ।

अदालतको फैसला अनुसार जोशी हाल कारागार अछाममा कैद भुक्तान गरिरहेका प्रहरी निरीक्षक पार्कीले बताए । उनिहरुले साँफेबगर नगरपालिका-१० घुँगुरकोटमा रहेको नवदुर्गा मन्दिरबाट २०८० जेठ १० गते मुर्ती र गरगहना चोरेका थिए ।

तपाईको प्रतिक्रिया