Advertisement
SKIP THIS
अछामको मंगलसैनबाट लागू औषध सहित एक दम्पती प्रकाउ

निराकरण खबर अछाम:अछाममा लागू औषध सहित एक दम्पती प्रकाउ परेका छन।प्रकाउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका वडा ७ घर भई हाल मंगलसेन नगरपालिका वडा ५ स्थित ससुरालीको घरमा बस्दै आएका प्रकाश बोहरा र उनकि श्रीमती २९ बर्षिय कल्पना भण्डारी रहेका छन।

विशेष सुचनाका आधारमा मंगलसेन नगरपालिका ५ मा लागूऔषधको कारोबार भईरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरी टोलिले गए राति साढे ९ बजे शंकास्पद रुपमा हिडडुल गरिरहेका अवस्थामा खानतलासी गर्दा उनिहरुको साथबाट ३८० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ भेटिएपछि प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

बोहरा दम्पतीलाई प्रकाउ गरि हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक जय पार्किले बताए ।

तपाईको प्रतिक्रिया