Advertisement
SKIP THIS
नेपाल वायु सेवा निगमको साँफेबगर कार्यालय हटेको कसैले सुइको समेत पाएनन्

निराकरण खबर अछाम:लामो समयदेखि बन्द अवस्थामा रहेको नेपाल वायु सेवा निगमको साँफेबगर कार्यालय हटेको छ।साँफेबगर नगरपालिकाको कार्यालय मुल गेटमै रहेको कार्यालय विहीबारबाट हटेपनि अछामका कुनै सरोकारवाला निकयले सुईको सम्म पाएनन् ।

माओवादीले आक्रमणमा परी ध्वस्त बनाएको साँफेबगर विमानस्थलको पुनः निर्माण पश्चात २०७५ साल असोज २८ गतेबाट सातामा २ दिन नेपालगञ्ज धनगढी उडान भर्ने तालिका रहेनि कोरोना महामारी देखाउदै १ बर्ष नपुग्दै बन्द रहेको थियो ।

कोरोनाको बाहानामा उडान ठप्प राखेको निगमले करिब ४ वर्षमा कुनै पनि उडान नभरेपनि कार्यालयमा २ जना कर्मचारीहरुलाई राखेको थियोे ।
निगमसँग पहाडी जिल्लाहरुमा उडान भर्ने १९ सिटे टुइनेटर जहाज नभएकोले काउन्टर र कार्यालय हटाउनु परेको निगमका क्षेत्रिय प्रबन्धक मान बहादुर चौधरीले बताए ।

नयाँ सत्ता समिकरण बनेसँगै छिमेकी जिल्ला बाजुराबाट संघिय सांसद बद्री पाण्डे पर्यटन मन्त्री बनेसँगै साँफेबगर बिमानस्थलमा नेपाल वायु सेवा निगमले नियमित उडान भर्ने अपेक्षा गरिएकोमा उल्टै कार्यालय हटेपछि स्थानीय निराश भएका छन।

तपाईको प्रतिक्रिया