Advertisement
SKIP THIS
अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

निराकरण खवर अछाम:अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।

मंगलबार दिउँसो जिल्लाको मंगलसेन नगरपालिका ३को गाध्य भिरबाट खसेको ढुंगा लागेर लाछिमाकि अन्दाजी ३६ बर्षिय बसन्ती बोगटीको घटना स्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

जंगलबाट बाख्रा चराई घरतर्फ ल्याउने क्रममा मंगलसेन सुवाखाद बस्ती सडक माथिको भिरबाट खसेको ढुंगा टाउकोमा लागी घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया