Advertisement
SKIP THIS
अछाममा १३ बर्षिय बालिकालाई जबर्जस्ती गर्न खोज्ने प्रकाउ

निराकरण खबर अछाम:अछाममा १३ बर्षिय बालिकालाई जबर्जस्ती गर्न खोज्ने एकजना प्रकाउ परेका छन् ।असार २८ गते दिउँसो जिल्लाको कमलबजार नगरपालिका ५ का ३६ बर्षिय प्रेम बिकले मादिरा सेवन गरि एक बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा प्रकाउ परेका छन।

प्रकाउ परेका बिकले बालिकाको कोठा भित्र गइ भित्रबाट ढोकाको चुक्कुल लगाई बालिकाले लगाएको लुगा खोली जबरजस्ती करणी गर्न खोज्दा बालिकाले र‍ोई कराइ गरेपछि बाहिर हिडिरहेका मानिस थाह पाएका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।हाल बिकलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया