Advertisement
SKIP THIS
अछाममा बहुविवाह गर्ने एक महिला थुनामा

अछामः बहुविवाह मुद्दामा एक महिला थुनामा रहेको जिल्ला अदालत अछामले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा अदालतमा दर्ता भएका मुद्दाको अवस्थाबारे आयोजित पत्रकार भेटघाटका क्रममा उक्त जानकारी दिइएको हो। जिल्लामा मुद्दा फैसलाको अवस्था अघिल्लो वर्षकै हाराहारी रहेको जिल्ला अदालत अछामका स्रेस्तेदार शंकरप्रसाद अधिकारीले बताए। जिल्लामा यस वर्ष देवानी तथा फौजदारी लगायतका एक सय एक थान मुद्दा दर्ता भएका छन्।

जसमध्ये ५४ मुद्दा अन्तिम किनारा लागिसकेको छ। यो आर्थिक वर्ष अन्तिम किनारा लाग्न बाँकी ४७ मुद्दा अर्को वर्षका लागि जिम्मेवारी सारिएको छ। तर, जिम्मेवारी सरेकामध्ये पनि केहि मुद्दाहरु असार ३१ सम्म फैसलाको तयारीमा रहेको जिल्ला न्यायाधीश प्रकाश ढुंगानाले बताए। जिल्ला न्यायाधीश ढुंगानाले अन्य जिल्लाको तुलनामा अत्यन्तै न्यून मुद्दा आउने गरेको र ती मध्ये थोरै लम्बिए पनि अधिकांस मुद्दा लक्ष्य अनुसार नै फैसला भइरहेको बताए।

गत वर्ष अछाम जिल्ला अदालतमा कुल एक सय ८० मुद्दा दर्ता भएका थिए। जसमा जिम्मेवारी सरेर आएका ५१ मध्ये ४७ र यो वर्ष दर्ता भएका एक सय एक मध्ये ५४ गरी अहिलेसम्म एक सय एक मुद्दा फैसला भएका छन्। अब गत वर्षका चार र यो वर्षका ४७ गरी ५१ मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ।

अहिले एक जना महिला बहुविवाह मुद्दामा थुनामा छिन् भने दुई नाबालकलाई सुधार गृहमा पठाइएको र एक नाबालकलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला अदालत अछामले जनाएको छ। त्यस्तै यो वर्ष अदालतको अबहेलना गरेको आरोपमा एउटा मुद्दा दर्ता भएको छ

तपाईको प्रतिक्रिया